निलम्बित कांग्रेस सांसद आलमलाई पाँच दिन थुनामा राख्न म्याद थप

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं । हत्या आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा निलम्बित सांसद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

यसअघि अदालतले ७ दिन थुनमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। आइतबार जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

वि.स. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनका क्रममा आलमले बम विस्फोटनमा घाइते भएकाहरुलाई १३ जना सर्वसाधारणलाई जिउदै जलाएको अभियोग छ । आलम गत २६ गते पक्राउ परेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata