कांग्रेस सांसद आलम विरुद्धको मुद्धा माथिको थुनछेक बहस सकियो

केहि बेरमा आदेश आउँदै

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं । रौतहट बम काण्डमा पक्राउ परेका नेपाली कांग्रेसबाट निर्वाचित निलम्बीत सांसद मोहम्मद अफताव आलम विरुद्धको मुद्धा माथिको बहस सकिएको छ । २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ।

८ दिन सम्म चलेकाे बहसम  सरकारी वकिल र जाहेरवालाका गरी आलमविरूद्ध १३ जनाले बहस गरेका थिए। आलमका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र अधिवक्ता योगेन्द्र बहादुर अधिकारीलगायत २५ वकिलले बहस गरेका थिए।  आलमलाई छोड्न नहुने भन्दै जाहेरवालाहरूको तर्फबाट भने बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, अधिवक्ता पुष्प पौडेल, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

उनले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए।

सो घटना लुकाउन उनले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए। आलम माथिको थसनछेक बहस सकिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको केहि बेरमा आदेश आउने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata