आलमका कानून व्यवसायीको विरोध पछि केहि बेर बयान रोकियो

मङ्लबार, कार्तिक १९, २०७६



काठमाडौं । हत्या अभियोग लागेका कांग्रेसबाट निर्वाचित निलम्बतीत सांसद अफताब आलमको बयान रोकिएको छ । मंगलबार आलमका कानून व्यवसायीहरुको विरोधका कारण बयान रोकिएको हो । आलमका कानून व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध जनाएपछि उनको बयान रोकिएको हो ।

केही बेरको काउन्सिलिङ र मिसिलको प्रतिलिपि उपलब्ध गराएपछि  बयान पून:शुरु जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।  आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा बयान शुरु भएको हो । बयान सकिएपछि थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ ।

आलमलाई कारबाही माग गर्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता सूर्यराज दाहाल, पर्साका न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी,  उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहायक न्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गर्नेछन ।  वि.स. २०६४ सालमा संविधान सभाको पहिला निर्वाचनका क्रममा आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा साेमबार मुद्धा दर्ता भएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata