आलमलाई बयानको लागि अदालत लगियो,थुनछेक बहस आज

मङ्लबार, कार्तिक १९, २०७६



काठमाडौं । हत्या अभियोग लागेका कांग्रेसबाट निर्वाचित निलम्बतीत सांसद अफताब आलमलाई  बयानको लागि अदालत लगिएको छ । आलम विरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।  सोमबार सरकारी वकिल कार्यालय रौतहटमा आलम सहित १० जना विरुद्ध हत्या १० जनालाई जन्मकैदसहित तीन वटा कसुर दर्ता भएको थियो ।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको थियो। गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । वि.स. २०६४ सालमा संविधान सभाको पहिला निर्वाचनका क्रममा आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata