आलम प्रकरण :प्रहरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँदै

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित निलम्वीत सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलम माथि गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइदैछ ।

प्रहरी हिरासतमा राखि अनुसन्धान गरेको निलम्वीत सांसद आलम दोषी रहेको प्रहरीले ठहर गरेको छ । प्रयाप्त प्रमाणका आधारमा आलम दोषी भएको प्रहरी अनुसन्धान डायरी सरकारी वकिल कार्यालयलाई बुझाउन लागिएको रौतहटका प्रहरी उपरीक्षक  भूपेन्द्र खत्रीले जानकारी दिएका छन ।

आलम माथि वि.स.२०६४ सालको संविधान सभाको पहिलो निर्वाचनका क्रममा रौतहडको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको आरोप लागेको छ ।

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका ब्यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विष्फोट भएकै थियो भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata