अलाबामा प्रान्तमा गर्भपतन गर्ने डाक्टरलाई ९९ वर्षको कैद सजाय

बिहिबार, जेष्ठ २, २०७६



एजेन्सी । अमेरिकी प्रान्त अलाबामाको सिनेटले गर्भपतनमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । रिपब्लिकन समर्थकहरुले अघि बढाएको उक्त विधेयक पास भएसँगै अलाबामा प्रान्तमा गर्भपतन माथि पूर्णतया प्रतिबन्ध लाग्न पुगेको छ ।
विधयेकमाथि व्यापक रुपमा गरिएको छलफलपछी केहि मामिलामा गर्भपतन गर्न छुट दिइएको छ । बच्चाको कारण आमाको स्वास्थ्यमा गम्भीर असर परेको खण्डमा साथै कुनै डरलाग्दो रोगको कारण ज्यानको खतरा रहेमा गर्भपतन गर्ने छुट दिइएको छ । अलाबामा सिनेटमा करिब चार घण्टासम्म चलेको गम्भीर बहस र छलफल पछी पारित गरिएको उक्त विधेयकमा गर्भपतन गर्ने चिकित्सकलाई कडा सजायको व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार चिकित्सकले गर्भपतन गरेमा ९९ वर्ष सम्मको कैद सजाय हुन् सक्ने छ ।
प्रान्तीय सिनेटमा उक्त विधेयक माथि मतदान हुँदा २५ सांसदको समर्थन रह्यो भने ७ सांसदले विरोध गरेका थिए ।विधेयकमा राखिएको संसोधन प्रस्तावमाथि भोटिङ हुँदा २१ सांसदले संसोधनको विपक्षमा मतदान गरे भने पक्षमा केवल ११ सांसदमात्र रहन पुगे ।
अब उक्त विधेयक गर्भनरको च्याम्बरमा जानेछ । गर्भनरले ६ दिनको समय भित्रमा हस्ताक्षर गर्नुपर्नेछ । रिपब्लिकन गर्भनरले हस्ताक्षर गरे पनि कानुनको रुपमा लागु हुन् भने ६ महिना समय कुर्नु पर्नेछ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata