घुस मागेको आरोपमा अदालतका नायब सुब्बा अख्तियारको फन्दामा

सोमवार, कार्तिक २५, २०७६



रुकुम । सेवा ग्राहीसँग घुस मागेको आरोपमा जिल्ला अदालत रुकुममा कार्यरत नायब सुब्बा अख्यिारको फन्दामा परेका छन ।  जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणनमा परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेका प्रवक्ता प्रदीपकुमार कोईरालाका अनुसार अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए ।

घुस रकम बार्गेनिंग गरी अन्तिममा पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुख दिइरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिगएको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले निकालेको प्रेस बिज्ञप्तीमा भनिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata