अक्षय तृतीयामा सुन किन्नु के लाभदायक होला त ?

बुधबार, बैशाख ५, २०७५



काठमाडौं । विश्वमै सुन आयात गर्ने दोश्रो ठुलो बजार भारतमा अप्रिल महिनामा पर्ने अक्षय तृतीया पर्वको अवसरमा सुनको माग बढ्ने गरेको छ ।

तर यदी आकडालाई हेर्ने हो भने यो वर्षको अक्षय तृतीया पर्वमा सुनको मुल्य धेरैनै बढ्न सक्छ । गएको वर्ष ११ अप्रिलमा २४ क्यारेट सुनको मुल्य ३१५२४ भारतीय रुपैंया प्रति दश ग्राम थियो ।

जब कि १७ अप्रिलको सुनको मुल्यमा केही गिरावट आएको थियो । तर विशेषज्ञका अनुसार ग्राहाकहरु लगातार सुन किनिरहेका हुन्छन् । कमोडिटीज़ एंड करेंसी रिसर्च फर्म निर्मल बंगका प्रमुख कुणाल शाह ले भने, ‘मौद्रिक नीतिलाई लिएर अनिश्चितता, भूराजनीतिक संकटसंग जोडिएको अनिश्चितता र पश्चिमी अर्थव्यवस्थामा मंहगी बढ़ने आशंका चलिरहेका बेला मार्च २०१८ को अन्त्यसम्ममा सुन विश्वमा १४५० अमेरिकी डलरमा खरिद विक्र हुने छ तर मार्च २०१९ भन्दा पहिले १६०० अमेरिकी डलर सम्म पुग्ने छ ।’

सुनमा लगानी सधै उत्कृष्ट विकल्पको रूपमा मानिदै आएको छ। यो ग्लोबल अनिश्चितताको वर्ष हो, अमेरिका चीनलाई ट्रेडवार गर्ने धम्कि दिरहेको छ । , सिरियामा तनाव बढ्दै गएको छ।

यस्तो अवस्थामा, लगानीकर्ताहरू अफ्नो पैसा अन्य क्षेत्रमा लगानी गर्न सतर्क हुँदैछन् । यसैले उनीहरु सुनमा लगानी गर्ने योजनामा छन् । जहाँ संसारभर सुनको मूल्य बढ्दै गएको छ। यसमा भारत जस्ता देशहरु पनि प्रभावित हुनेछन् ।

भारतमा नोटबन्दी र जीएसटी आएपछि सुनको माग कम भएको थियो । मार्चमा सुनको आयात २.४ अर्व अमेरिकी डलरमा गएको वर्ष भन्दा ४० प्रतिशतले घटेको थियो । यसका कारण यो उद्योगमा नराम्रो असर परेको थियो । तर अब आशा गरिएको छ की अब सुनको माग बढ्नेछ । किनभने, राम्रो मनसुन चलिरहेको बेला किसानको आम्दानी पनि राम्रोनै भएकोछ जसका कारण पर्वको समयमा सुनको माग बढ्न सक्छ ।

भारतमा सुनको कुल मागको दुई तिहाई भाग ग्रामिण भारतमा हुने गरेको छ । बितेको केही वर्षहरुमा यदी सुनको मुल्यलाई हेर्ने हो भने सनु २०१८ सबै भन्दा महंगो वर्ष हुनेछ । यसमा राम्रो कुरा के हो भने यदी तपाईले पहिलेनै सुन किन्नु  भएको छ भने, तपाई तपाईको सम्पत्तिमा बृद्धि भएको देख्नु हुन्थ्यो ।
बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata