रगतले चिठ्ठी लेख्दै अनेरास्ववियूले दियो भूमि फिर्ता गर्न भारतलाई दबाब

बुधबार, जेष्ठ ७, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अनेरास्ववियूका कार्यकर्ताले रगतले चिठ्ठी लेख्दै भारतीय बिस्तारवादको विरोध जनाएका छन् ।

विद्यार्थीहरूले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता,महेशपुर, सन्दुकपुर, पशुपतिनगर लगायतका भूभाग भारतले अतिक्रमण गरेकोमा आपत्ति प्रकट गर्दै रगतले पत्र लेख्दै विरोध जनाएका छन् । उनीहरूले पत्रमा लेखेका छन् ‘प्रधानमन्त्री ज्यू हामी नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ होस भन्ने चाहन्छौ तर भारतले पटक पटक सीमा मिच्नुले विस्तारवादी नीति प्रस्ट हुन्छ।’

नेपालीहरू भूमि रक्षाको निम्ति आफ्नो ज्यानको आहुती दिन पछि नपर्ने उद्देश्यका साथ पत्र पठाइएको अनेरास्ववियूका केन्द्रीय सदस्य रविन्द्र सुवेदीले जानकारी दिए। पत्र भारतीय प्रधानमन्त्री, भारतको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, र विभिन्न कूटनीतिक नियोगमा इमेल मार्फत पठाएको अनेरास्ववियूले जनाएको छ ।

हेर्नुहाेस रगतले लेखेकाे पत्र

b

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments