भारत विरुद्ध विप्लव निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

आइतवार, कार्तिक २४, २०७६



कञ्चनपुर । भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा विप्लव निकट विद्यार्थी संगठन  अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिती द्वारा कंचनपुरले विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले आइतवार महेन्द्रनगरमा सयौं विद्यार्थी सहित विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटले भारतद्वारा जारी नयाँ नक्साको विरोध जनाउँदै सम्बोधन गरेका थिए । जुलुस को नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समिति का संयोजक विरेन्द्र शाह नेतृत्व गरेका थिए ।

3

विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको संयोजक शाहले जनाएका छन ।

4

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata