सिटिईभिटीले शुल्कवृद्धि गरे भर्ना प्रक्रियालाई रोक्ने अखिल क्रान्तिकारीकाे चेतावनी

बिहिबार, असार २८, २०७५



काठमाडौँ । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ ।

प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्क वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्कबहादुर बिकले विहीबार एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री केही शैक्षिक माफियाको प्रभाव परेर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शूल्क वृद्धिको षड्यन्त्र गरेको जनाएका छन् ।

“भर्नाको मुखमा आएर ‘शूल्क निर्धारण तथा छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउने चलखेल गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सिटिईभिटी अन्तरगतका शैक्षिक संस्था केही संचालक र माफियाको मिलेमतोमा शिक्षामन्त्रीले शूल्क बढाउने गरेको तयारीप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नूहोस विज्ञप्तीसहित:

begapti

40 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank