स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

बुधबार, चैत्र १९, २०७६



काठमाडौं ।स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुछ विवेकशील नेपाली दलका नेताले अख्तियारमा उजुरी दिएका छन ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा स्वास्थ्य मन्त्री ढकाल विरुद्ध उजुरी दिएका हुन्। बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै उजुरी परेकाे हाे ।  मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्यमन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको उजुरीमा जनाइएकाे छ ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्। यिनै विषयलाई मुद्दा बनाइ स्वास्थ्य मन्त्री विरुद्ध रमेश पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएकाे विवेकशील नेपाली दलले जनाएकाे छ। साथै, उनले उजुरी दिए लगतै अख्तियारको प्रवक्तासँग कुरा गरी उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments