दुई लाख घुससहित सिँचाइ प्रमुख र इन्जिनियर अख्तियारको हिरासतमा

बिहिबार, असार १२, २०७६



काठमाडौं । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर गृष्मा ठगुन्ना लाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले आज (बिहिबार) दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई  नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिको काम सहजीकरण गर्ने नाममा २ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई अख्तियार नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।

अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।  पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि अख्तियारको हिरासतमा पठाइएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata