नेपाली सेनाका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ

शनिबार, साउन २५, २०७६



काठमाडौं । प्रहरीले नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
नेपाली सेनाका बहालवाला मेजर अजितप्रताप सिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।
कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata