पूर्व भारतीय कप्तान अजित वाडेकरको निधन

बिहिबार, साउन ३१, २०७५



भारत । पूर्व भारतीय क्रिकेट कप्तान वाडेकरको निधन भएको छ । कप्तान वाडेकरको ७७ बर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।
आक्रमक देव्रे हाते व्याट्सम्यान वाडेकर नेतृत्वमा सन् १९७१ मा इङ्ल्याण्ड र वेइस्ट इन्डिजलार्इ पराजयकाे स्वाद चखाएका थिए ।

औषत ३१.०७ को दरले कुल २ हजार १ सय  १३ रन आफ्नो खातामा जम्मा गरेका वाडेकरले ३७ टेस्ट म्याच खेलेका थिए । आफ्नो खेल जीवनमा एक मात्र सतक पूरा गर्दै १४३ रनको मद्धतले उइलिङटन (न्युजिल्याण्ड) सिरिज जीत्दै भारतलाई पहिलो पटक विदेशी भुमिमा जीतको मजा चखाएका थिए ।

डिसेमबर २०११ मा विसिसीआइले सिके नाइयडु लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित वाडेकर सन् १९९२ मा भारतीय क्रिकेटको प्रमुख कोचको भुमिका रहदै भारतीय क्रिकेटलाई विश्व माझ चिनाउन सफल भएका थिए ।  वाडेनको निधनले भारतीय क्रिकेटले ठूलो क्षति व्यहोर्नु परेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments