अजित डोभल मस्कोमा, प्रधानमन्त्री मोदी फ्रान्समा

बिहिबार, भदौ ५, २०७६



एजेन्सी । भारतीय राष्ट्रिय सुरक्षा सल्हाकार अजित डोभल  प्रधानमन्त्री नरेन्द मोदीको आउने महिनाको रुस भ्रमणको तयारीको क्रममा राजधानी मस्को पुगेका छन् ।

गत शुक्रबार उनी आफ्नो रुसी समकक्षीको साथ बैठकमा थिए, जहाँ दुवै पक्षले सम्प्रभुता , क्षेत्रीय अखण्डता र तेस्रो पक्षको हस्तक्षेप रोक्न’ सल्लाह भएको थियो । रुसी समकक्षी निकोलाई पाट्रसेवको आमन्त्रणलाई स्वीकारेर उनी रुस पुगेका थिए ।

बैठकमा दुवै पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीको व्लादिवोस्तोक भ्रमणको बारे चर्चा गरेका थिए । प्रधानमन्त्री मोदी आउँदो सेप्टेम्बरको शुरुवातमा इस्टर्न इकोनोमिक फोरमको मुख्य अतिथिको रुपमा रुस पुग्नेछन् । यसपछि मात्र भारत-रुसकाे द्विपक्षीय बैठकमा भाग लिनेछन ।

प्रधानमन्त्री मोदी बिहिबार दुई दिने फ्रान्स भ्रमणका लागि जाने भएका छन् । उनी संयुक्त अरब इमिरेट्स(युएई) र बहराइन पनि पुग्ने बताइएको छ । यी तीन देशले कश्मीर विवादमा भारतको खुलेर समर्थन गरेका थिए ।   फ्रान्स पुगेर मोदीले फ्रान्सेली राष्ट्रपति इमैनुएल म्याक्राेनसँग भेटवार्ता गर्नेछन् । जहाँ रक्षा सहयोग, आणविक उर्जा, समुन्द्री सहयोगका साथै आतंकवाद रोक्ने उपायको बारेमा चर्चा हुनेछ।

स्मरण रहोस्, गत अगस्ट ५ तारिख पछी भारतमा परिवर्तन गरिएको कश्मीर मुद्दालाई सामान्यकरण गर्ने मोदी सरकारको नीति अन्तर्गत विश्व दौडाहामा सक्रियता देखिएको छ । सुरक्षा सल्लाहकार डोभल संविधानको अनुच्छेद ३७० खारेज गरिएपछी कश्मीर भ्रमण गर्दै विश्वका थुप्रै देशमा मोदी सरकारको कश्मीर नीतिलाई बुझाउन दौडधुपमा रहेको राजीनितिक विश्लेषकहरूको धारणा छ । कश्मीर मुद्दालाई पाकिस्तानले अन्तर्राष्ट्रियकरण गर्दै संयुक्त राष्ट्र संघमा प्रवेश गराएसँगै डोभलको दौडधुप अर्थपूर्ण मानिँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata