बाकु पुगे प्रधानमन्त्री, शिखर सम्मेलन आजबाट शुरु हुँदै

शुक्रबार, कार्तिक ८, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन बिहीबार अजरबैजानको बाकु पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनलाई विमानस्थलमा अजरबैजानका उपप्रधानमन्त्री अली अहमदोभले स्वागत गरेका थिए । सो अवसरमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

शिखर सम्मेलन आजबाट शुरु हुँदैछ भने प्रधानमन्त्री ओलीले भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी भोलि साँझ नै त्यहाँबाट हिड्ने  र आइतबार बिहान स्वदेश आइपुग्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata