ऐश्वर्य बालगृहबाट १२० बालबालिकाको उद्धार

बिहिबार, जेष्ठ २, २०७६



काठमाडौं । काठमाडौंको सुकेधारामा सञ्चालित ऐश्वर्य बालगृहबाट १२० बालबालिकाको उद्धार गरिएको छ ।

 निर्मला घिमिरेले संचालन गरेकाे उक्त बालगृहबाट गत सोमबार १ सय २० बालबालिकाको उद्धार गरिएको हो । कानूनी मापदण्ड विपरीत बालगृह संञ्चालन गरिएको भन्ने सुचनाका आधारमा केन्द्रीय बालकल्याण समिति तथा वालबालिका खोजतलास समन्वय केन्द्र र प्रहरी प्रभाग महाराजगन्जको संयुक्त टोलीले उनीहरुको उद्दार गरेको हो ।

उद्धार गरिएका बालबालिकाको स्वास्थ्य अवस्था निकै नाजुक रहेको प्रहरीले जनाएको छ । पढाईदिने भन्दै हुम्ला, जुम्ला, डोल्पा, रसुवा र नुवाकोट लगायतका जिल्लाबाट बालबालिका ल्याइएको हो ।

बालगृह संञ्चालकले प्रति बालबासिलका ३५ हजार देखी एकलाख रुपैंया सम्म असुलेको प्रहरीले जनाएको छ । बालगृह संञ्चालक घिमिरेलाई प्रकाउ गरि अनुसन्धान थालिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank