अपडेट: १०० यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना, ७ जनाकाे मृत्यु

शुक्रबार, पुस ११, २०७६



एजेन्सी  ।  १०० यात्रु बोकेको एउटा बिमान  कजाखस्तानमा  दुर्घटनाग्रस्त हुँदा हालसम्म ७ को मृत्यु  भएको छ। तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन।

अधिकारिहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो। दुर्घटनापछि विमानमा आगोको लागेको छैन। आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ।

उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो। अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ।  उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।

भीआईपी उडान गर्ने उद्देश्यसहित सन् १९९९ मा स्थापित भएको उक्त कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अहिले उक्त कम्पनी आफूलाई सस्तो विमानसेवाका रूपमा चिनाउँछ। ऊसँग सातवटा फोकर-१०० विमान छन्।

सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो। त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।(बीबीसी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments