मृग तथा सालकको खपेटासहित पक्राउ

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा जाँच गर्ने क्रममा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना.२ ह १३१५ नम्बरको अटोमा घाइते अवस्थामा रहेको मृग फेला पारी सोही उपमहानगरपालिका १९ बस्थीपुर बस्ने २५ वर्षीय सरोज ताम्राकार लगायत ३ जनालाई बिहीबार अटो सहित प्रहरीले पक्राउ गरेको छ । उक्त मृग बन कार्यालयलाई बुझाइएको छ ।

त्यस्तै संखुवासभा मकालु गाउँपालिका(५ नुमबाट भोटखोला गाउँपालिका(२ बस्ने ३८ वर्षीय जिप्पा तेन्जिङ भोटेलाई झोलामा लुकाई ल्याएको करीव १.५ केजी सालकको खपेटा सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

78 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank