क्षती ग्रस्त एयर इण्डिया विमान तीन घण्टा सम्म उडान, पाइलटले पत्तै पाएनन्

शुक्रबार, अशोज २६, २०७५



चेन्नर्इ ।  तमिललाडुको ट्रिची विमानस्थलबाट  दुवई  जानकाे लागि उडेकाे एयर इण्डिया विमान विहिबार राती उड्ने क्रममा पर्खालमा ठक्कर दिदैं भारी नोक्सानकोबीच तीन घण्टा उडान भरेको छ ।

बोइङग ७३७ विमानमा भएको नोक्सानी प्रति अन्जान पाइलटले बताए । सबै प्रणाली सामान्य रुपले काम गरिरहेका थिए । १३६ यात्रु र चालकदलका ६ सदस्यसहित उडेको उक्त विमान मुम्बई विमानस्थलमा उत्रदा विमानको वडिमा भारी नोक्सान भएको पाइएको थियो ।

1

राती १:३० बजे विमान ट्रिची विमानस्थलबाट रनवेमा २५०-२९० किलोमिटरको गतिमा गुड्दै हावामा उड्नु भन्दा अगाडि पर्खालमा धक्का दिएको थियो ।
विमानस्थल अधिकारीले बताए अनुसार विमानले रनवे छोड्नै लाग्दा टायरले पर्खालमा ठक्कर दिएको थियो ।

2

पाइलटसँग सम्पर्क गर्दा सबै ठिकठाक छ भनिएको थियो । तीन घण्टा पछि विमान सावधानीको कारण मुम्बईमा ओरालीएको थियो । जहाँ विमानको वडिमा ठुलो क्षती भएको भेटियो । कमान्ड पाइलट डि गणेश बाबु रहेको उक्त विमान ठुलो दुर्घटनाबाट कसरी बच्न सफल भयो आश्चर्य मानिएको छ ।

436 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank