अमेरिकी जासुसी विमानले अन्तरिक्षको कक्षमा ७१८ दिन बितायो

बुधबार, भदौ ११, २०७६



एजेन्सी । एक एयर फोर्स X-37B नामक स्पेस प्लेनले आफ्नो कक्षमा ७१८ औं दिन पुरा गरेको छ । जुन गोप्य सैन्य परीक्षण कार्यक्रमको लागि  सबैभन्दा लामो मिशन हो ।

अमेरिकी सेनाले बितेका दशकमा अन्तरिक्षको कक्षमा पाँच एयर फोर्सलाई गोप्य सैन्य परिक्षणका लागि उडाउन शुरु गरेको थियो । सम्पूर्ण पाँच एयर फोर्सहरूको उडान पूर्ववर्ती समय भन्दा लामो समयसम्म रहेको सिएनएनले उल्लेख गरेको छ ।

वायुसेनाका प्रवक्ता मेजर विलियम रसलका अनुसार वर्तमान मिसनको कुनै निश्चित समाप्ति मिति छैन । रसलले बताए, “अन्तरिक्ष यानले यसका सबै उद्देश्यहरू पूरा गरे पछि मात्र पृथ्वीमा फर्कने छ ।” यद्दपी उनले एयर फोर्सबाट प्राप्त विवरणहरू बारे कुनै खुलासा भने गरेनन् ।

अमेरिकाको यस किसिमका एयर फोर्सहरू अन्तरिक्षमा हुनु  र रसलले प्राप्त जानकारी गोप्य राख्ने बताएसँगै यस खबरले विश्वको ध्यान खिचेको छ । अन्य देशका खगोलविदहरूको अनुसार अमेरिकाले आफ्ना एयर फोर्सहरुको स्थान नबताएर अन्य स्पेसक्राफ्टहरूलाई समेत हस्तक्षेप गरिरहेको या गर्न सक्ने आरोप लगाएका छन् ।

आफ्नो अनौठो डिजाइनका कारण  X-37B अन्तरिक्ष प्रशंसकबीच लोकप्रिय छ । सानो स्पेस स्याटेलाइटजस्तो देखिने यी एयरफोर्सहरू शक्तिशाली रोबर्टको रुपमा अन्तरिक्षको माथिल्लो अर्बिटमा पुग्दछन्। तत्पश्चात आफ्नो मिशन पुरा गर्नका लागि टुक्रिने क्रममा तितरवितर हुन्छन् । जब यी एयरफोर्सहरूले आफ्नो कर्तव्य पुरा गर्छन्, तब पृथ्वीतर्फ फर्कन्छन् ।यसरि फर्कने क्रममा एयरफोर्सहरु रनवेमा तेर्सो रुपमा एकसाथ् देखिन्छन् । तब यी एयरफोर्सहरु स्पेस शटल अर्बिटर अवतरणको लागि आउँछन् ।

विज्ञहरुका अनुसार यी एयर फोर्सहरु जासुसी  गतिविधिमा संलग्न हुन सक्छन् या अन्तरिक्षमा हतियार परीक्षणमा संलग्न हुन सक्छन् ।  यी जहाजहरुको निर्माण खर्चको स्रोत खुलाइएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata