३८ जना सवार चीलीको सैन्य विमान बेपत्ता

मङ्लबार, मंसिर २४, २०७६



एजेन्सी । अन्ट्राटिकाका लागि उडेको चीलीको एक सैन्य जहाज वेपत्ता भएको छ । ३८ जना यात्रु सहित मंगलबार विहान उडेको हवाई सुरक्षा बलको उक्त जहाज वेपत्ता भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन ।

A C-130 Hercules aircraf नामक सैनिक विमानमा  १७ चालक दलका सदस्य र २१ यात्रु रहेकाे जनाइएकाे छ । विमानमा रहेकामध्ये तीन जना सर्वसाधारण समेत रहेकाे प्रारम्भिक रिपाेर्टमा जनाइएकाे  छ । राजधानी सान्टियागाेबाट ३ हजार किलाेमिटर दक्षिणकाे शहर पुन्टा एरेनाशबाट उडेकाे उक्त सैनिक विमान स्थानीय समय अनुसार ६:१३ मा  सम्पर्कबाट टुटेको हो ।

विमान सेनाको बन्दोबस्तीका समाग्री र्पुयाउनका लागि अन्ट्राटिका  जाँदै गरेको जनाइएकाे छ । बेपत्ता विमान र यात्रुको खोजी जारी रहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments