विमानको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण

शनिबार, अशोज २५, २०७६



काठमाडौं । सीता एयरको जहाजको इन्जिनमा चरा छिरेपछि जहाज उडेको केहि बेरमै आकस्मिक अवतरण गरिएको छ ।  शनिबार विहान रामछापेको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलका लागि उडान भरेको सीता एयरको जहाजको इन्जिन भित्र चरा छिरेको जानकारी हुनासाथ जहाज आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। उनीहरुको अवस्था सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata