विमान उडान नहुँदा लुक्लामा सयौं पर्यटकहरु अलपत्र

सोमवार, भदौ ३०, २०७६



काठमाडौं । पर्यटकिय क्षेत्रको रुपमा रहेको सोलुखुम्बु जिल्लाको लुक्ला विमान स्थलमा तीन देखि विमान उडान हुन सकिरहेको छैन ।

मौसम प्रतिकुलका कारण उडान हुन नसक्दा सयौं पर्यटकहरु अलपत्र परेका छन ।
गत शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आइतबारका लागि तारा एयरको १५, सीता एयरको १० र समिटकोे ५ गरी ३० वटा उडान तालिको थियो । कुहिरो र हुस्सुका कारण विमानले  उडान भर्न नसकेको जनाइएको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata