अग्निले गराए उम्मेद्वारी दर्ता, कांग्रेसले उम्मेद्वारी नदिने

मङ्लबार, माघ ७, २०७६



नेकपा सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद्‌ भवन पुगेर सापकोटाले मध्याह्न सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन् ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख पद खाली भएको थियो । लामो समयदेखि नेकपाको आन्तरिक किचलोको कारण सभामुख निर्वाचन प्रक्रिया अगाडी बढ्न सकेको थिएन । उक्त रिक्त स्थानमा सापकोटालाई उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको हो ।

अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख निर्वाचनमा आफ्नो सहभागिता नरहने जनाएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments