अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

आइतवार, माघ १२, २०७६



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आज(आइतबार) बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए।उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन् ।

असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments