अग्नि सापकोटाको सुनुवाइ स्थगित

आइतवार, माघ १२, २०७६



काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।  स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

‘उहाँ विरुद्धको मुद्दामा म कुनै बेला कानुन व्यवसायी छँदै बहस गरेको थिएँ। त्यसैले यो मुद्दा मैले हेर्न मिल्दैन’, फुयालले भने, ‘आज उनीमाथि परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।’

सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको थियो। सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।

सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।

उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । सभामुख चयनका लागि प्रतिनिधिसभाकाे बैठक दिउँसाे ३ बजे बाेलाइएकाे छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments