अग्नी सापकाेटालाई पक्राउ गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर

शुक्रबार, माघ १०, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नी सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।  सभामुखका लागि नेकपाले सापकोटालाई उम्मेदवार बनाएसँगै वर्षाे पूरानो हत्या अभियोग लागेका सापकोटालाई तत्काल पक्राउ गर्न भनि रिट दर्ता भएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गर्दै रिट दायर गरेका हुन ।  फौजदारी अभियोग लागेका सापकोटा सभामुखको लागि चयन भएको भन्दै तत्काल निर्वाचन प्रक्रिया रोक्न समेत रिटमा भनिएको छ । सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उक्त मुद्दाको पेसी माघ २२ गते तोकिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments