अदालतमा विचाराधीन मुद्दा संसदबाट निरूपण हुन सक्दैन: सभामुख सापकोटा

आइतवार, माघ २६, २०७६



काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दा सांसदबाट निरूपण हुन नसक्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सम्झाउँदै सभामुख सापकोटाले संसद्को अवरोधको अन्त्य गर्न आग्रह गरे ।

उनले भने, यो बैठक अगाडि बढाएर मात्रै प्रभावकारी हुन्छ। संविधानमा अदालतमा विचाराधीन मुद्दा संसद्बाट निरूपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था छ । सभामुख सापकोटाले भने, तपाईँहरूले उठाउनु भएको मुद्दा संवैधानिक आयोगले अगाडि बढाएको र अदालतमा विचाराधीन मुद्दामा संविधानले स्पष्ट भनेकोले मैले यहाँ बोल्न मिल्दैन। सदन छलफल गर्ने एक मात्र थलो हो।

उनले कांग्रेसले आफूलाई सभामुख हुँदा  बधाई दिएको स्मरण गर्दै प्रतिनिधि  सभाको बैठकलाई   सुचारु हुने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए । विजय गच्छदार माथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्धा दर्ता गरेको  भन्दै कांग्रेसले संसद अवरोध गर्दै आइरहेको छ ।  सदन अबरुद्ध जारी राखेपछि अर्काै बैठक मंगलबार सम्मका लागि  स्थगित गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments