अज्ञात समुहद्वारा पार्किङ गरि राखेको कारमा आगजनी

बिहिबार, जेष्ठ २९, २०७७



काठमाडौं। अज्ञात समूहदवारा पार्किङ गरि राखेको कारमा आगजनी गरेका छन ।

गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगजनी भएको हो । स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा गए राती आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ । बिहान मर्निङ वाक हिँड्नेहरुले कारमा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments