ओली सरकारविरुद्ध सत्ताबाहिरका राजनीतिक दल प्रमुखका यस्ता टिप्पणी

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं ।  ‘ओलीले एकातिर वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउनेसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद ? कहाँ छ देशभक्ति ?’, समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी  कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरेका छन्  ।

एघार विद्यार्थी संगठनको पहलमा सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला गराइएको उक्त कार्यक्रममा काँग्रेस सभापति देउवा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, नेकपा मालेका महासचिव सिपी मैनाली, राजपा नेपालका नेता राजेन्द्र महतो, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँती, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेललगायतका शिर्ष नेताहरुको उपस्थिति रह्यो ।

56938158_2026031207700128_8548992408228986880_n_SNj5N1TNK9

उक्त सभामा नेताहरुको ओली सरकारविरुद्ध यसप्रकारको आशय रहेको थियो;

 सरकारविरुद्ध आन्दोलन गर्न तयार हुनुस् : देउवा

केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको र त्यस तर्फ  आफ्नो पार्टी विरोध गर्न तयार रहेको पनि सभापतिले जिकिर गरे  ।  एकलौटी ढंगले निर्णय लिने काम गरेको,  सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको जस्ता असन्तुष्टि व्यक्त गर्दै उनले सरकारको अधिनायकवादी चरित्रविरुद्ध सत्ता बाहिरका राजनीतिक दलले मर्चाबन्दी गरेर जानु पर्ने बताए  ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्नुको सट्टा बचाउने काम गरेको, सरकारमा आएसँगै महंगी बढेको आरोप लगाउँदै केपी शर्मा ओलीभन्दा पनि करप्रसाद ओली राख्नु पर्ने टिप्पणी गरेका थिए  ।

कांग्रेस सभापति देउवाले सुरक्षा परिषद्सम्बन्धी विधेयकको पनि चर्को आलोचना गर्दै हुकुममा चल्न सेना कसैको नोकर नभएको बताए ।

56902373_346414529312399_9025005128293285888_n_R8JNhJFnRi

जुन गोरुको सिंङ छैन उसको नाम तिखे : बैद्य

‘वर्तमान सरकार कम्युनिष्टको सरकार होइन् । साथै  ओली कम्युनिष्ट हुनै सक्दैनन् । उहाँको उखान र टुक्काका हिसाबले भन्ने हो भने ‘जुन गोरुको सिंङ छैन । उसको नाम तिखे ।’ भने जस्तै हो । सरकार चलाई रहेकाहरु कम्युनिष्ट पनि होइन । लोकतान्त्रिक पनि होइन । उनीहरु दलाल र फासिवादी हुन ।’ भन्दै क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए ।

यस्तै महासचिव बैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दवाव दिए । महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

मधेसमा सिके राउतलाई सरकारले दूत बनाएर पठायोः राजेन्द्र महतो

राजपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको उखान टुक्काले मुलुकमा कहिल्यै पनि  समृद्धि नआउने तथा महतोले दुई तिहाइको सरकारले जनताका काम गर्न नसकेपछि  ‘ठिकठाक’ भन्दै दिन बिताएको आरोप लगाए ।

‘सिके राउतलाई सरकारले मधेसमा दूत बनाएर पठाएको छ । अब हजारौँ  सिके राउत जन्मन्छन्’ महतोको भनाइ थियो ।  उनले जनताको समस्या समाधान गर्न आन्दोलनको विकल्प नभएको भन्दै आफुहरुले शुक्रबारबाट आन्दोलनको ‘टेलर’ शुरु गरेको बताए ।

सरकारले फासिवादी चरित्र प्रस्तुत गर्यो : ऋषि कटेल

विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले फासिवादी चरित्र प्रस्तुत गरेको छ ।’ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष  ऋषि कटेलले यथाशिघ्र विप्लवमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरे ।

 ‘विद्यार्थी संगठनहरु सरकारको फाँसिवादका विरुद्धमा लाग्नुहोस् । हिजो पनि मुलुकको विभिन्न आन्दोलनमा तपाईहरुको महत्वपूर्ण योगदान गरेका छ । अहिले देश ओली तन्त्रको नियन्त्रणमा छ । सरकार माफिया, दलालहरुसँग लिनादेना लिप्त छ । तपाईहरु जाग्ने बेला आएको छ ।’, उनको भनाइ थियो  ।

यो सरकार उभयलिङ्गी जस्तो छ : सिपी मैनाली

‘यो सरकार उभयलिङ्गी जस्तो छ । यो सरकारको नाममा नभुलौँ । यो छिर्केमिर्के राष्ट्रिवादी पार्टी हो । यो न कम्युनिष्ट हो न लोकतान्त्रिक हो ।’ भन्दै नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारका जनविरोधी कदमविरुद्ध लड्न सत्ताबाहिरका सबै राजनीतिक दलले साझा धारण बनाउँनु पर्ने बताए ।  उनले सरकार सञ्चालन गरिरहेको पार्टीका नेताहरुमा विचार र सिद्धान्त नरहेको आरोप लगाए ।

सरकारकाविरुद्ध आन्दोलनको विकल्प छैन: गोपाल किराँती

 ‘सत्ता बाहिर रहेका सबै राजनीति दलहरु मिलेर खड्गप्रसाद ओली सरकारविरुद्ध लाग्नुपर्ने बेला लाएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर दिउवा र महोन वैद्य किरण ज्युले यसको अगुवाई गर्न पर्छ । यो सरकार २ महिनामै ढल्छ ।’ बताउँदाई  नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाली किराँतीले  सरकारकाविरुद्ध आन्दोलनको विकल्प नरहेको बताएका थिए ।

विद्यार्थी संगठनलाई विप्लवको आगामी वैशाख ५ गते घोषणा गरेको नेपाल बन्दमा साथ र समर्थन दिन आग्रह गर्नुपर्ने उनले आशय  व्यक्त गरेका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank