अज्ञात समूहद्वारा आगजनी र तोडफोड

आइतवार, मंसिर २, २०७५



जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिको गाडीमा अज्ञात समुहले अागजनी गरेका छन् । गए राति चन्दननाथ नगरपालिकामा रोकेर राखिएको क१ झ१ नम्बरको गाडिमा आगजनी भएको प्रहरीले जनाएको छ ।

राति सवा एक बजे नगरपालिका कार्यालय सहयोगी बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगजनी भएको थाहा पाए पछि स्थानियलाई खबर गरेका थिए । नगरपालिकाका मेयर भरत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको बेला गाडीमा आगजनी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै अज्ञात समुहले जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर लगायतका सामग्रीहरु नष्ट गरेका छन् । कार्यालय भित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर फालिएको छ ।  घटनाकाे बारेमा अनुसन्धान भर्इरहेकाे प्रहरीले जनाएकाे छ ।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank