गाउँपालिकाको गाडीमा आगजनी

आइतवार, भदौ २९, २०७६



बझाङ । अज्ञात समुहद्वारा बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा आगजनी गरेका छन ।

शनिबार राती देउलेख बजारमा से १ झ २७४ नम्बरको रोकिराखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो। अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments