सन २०२० पछि क्यान्सरको कारण ज्यान गुमाउन नपर्ने

बिहिबार, माघ १७, २०७५



इजरायल । आम मानिस क्यान्सर रोग सुन्ना साथ भयभित बन्ने गर्दछन् । क्यान्सर रोग लागे पछि नयाँ जीवन सम्भव नहुँने बुझाई अब गलत हुने इजरायली वैैज्ञानीकहरुले जनाएका छन् ।

सन २०२० सम्ममा क्यान्सर रोगको सम्पूर्ण उपचार सम्भव हुने इजरायली वैैज्ञानीकहरुको अनुसन्धानले पत्ता लगाएको छ । आफ्नो परिक्षणको सफलता जनता माझ ल्याउन आँतुर इजरायली वैज्ञानीकहरु सन २०२० भित्रैमा क्यान्सरलाई निमुर्ल पार्ने औषधी बनाइसक्ने छन् ।

डब्ड मुटाटो नामको एनोल्युसन बायोटेक्नोलोजीज कम्पनी सँग आबद्ध वैज्ञानिकले क्यान्सर रोगको औषधी आविस्कार गरेको जनाएको छ । जुन औषधी आगामी वर्ष अर्थात सन २०२० भित्रैमा बजारमा उपलब्ध हुनेछ ।

द जेरुसलम टाइम्सको कम्पनी चेयरम्यान डेन एरिडाेरले मिडियासँग बताए अनुसार हालै निर्मित औषधीले क्यान्सर रोगीलाई पहिलो दिन देखी सकारात्मक असर गर्ने छ । कुनै साइड इफेक्ट नभएको अत्यन्त सस्तो औषधी रहेको एरिडोरको दावी रहेको छ ।  फोर्ब्स पत्रिकामा छापिएको खबर मुताविक मुटाटो क्यान्सर टार्गेटिङ पेप्टीडेस र युनिक टक्सीनको मिश्रण रहेको जनाइएको छ ।जसले सिर्फ क्यान्सर सेललाई टार्गेट गर्ने छ ।

यसको प्रयोगले सहि सेलहरुलाई कुनै नोक्सान र असर गर्ने छैन । हालै मुसा माथि गरिएको सफल परिक्षण पछि निर्माण गरिएको औषधी क्यान्सर रोगी माथि समेत प्रयोग गरिएको वैज्ञानिकको दावी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata