के १५ महिना पछि साक्षीका कुरा सुन्लान प्रधानमन्त्री ओलीले ?

शुक्रबार, जेष्ठ १७, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालै पालो सरकार चलाउने सहमति बारे मुख खोलेका छन् ।

अध्यक्ष प्रचण्डले प्राइम टेलिभिजनमा अन्तरवार्ता दिदैं पार्टी एकताको जग पदीय बाँडफाँड सहित समान अवधी सरकार संञ्चालन गर्ने सहमतिबारे प्रष्ट पारेका हुन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा भारत जानु अघि मिडियामा प्रचण्डदवारा व्यक्त धारणाले सत्तारुढ दल (नेकपा) भित्र नयाँ कम्पन पैदा भएको छ ।

अध्यक्ष प्रचण्डले अन्तरवार्ताका क्रममा व्यक्त विचारले अबको १५ महिनापछि प्रधानमन्त्री ओलीले सहमतिको पालना गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

के छ सहमतिपत्रमा

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल सँगै मैदानमा उत्रेको माओवादी केन्द्र एउटै घोषणापत्रका साथ अघि बढेका थिए । निर्वाचन पूर्व गठबन्धन र निर्वाचन पश्चात पार्टी एकिकरण गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएका अध्यक्षद्वय ओली र प्रचण्डबीच अनन्त पार्टी एकिकरण गर्न सहमत भए ।

संघ र प्रदेशमा बहुमत ल्याउन सफल नेकपाले सरकारको नेतृत्व गरेसँगै २०७५ साल जेठ २ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकिकरण गर्ने भन्नेबारे पाँच बुँदे सहमति भएको थियो ।

०७५ जेठ ३ गते औपचारीक रुपमा पार्टी एकता घोषणा गरेको नेकपाले सार्वजनिक रुपमा सहमतिपत्र बारे खुलासा गरेको थिएन । सहमतिपत्रको बारेमा करिव एक वर्षपछि मिडियामा खुलेर व्यक्त धारणापछि पूर्व एमाले वृतमा हलचल मच्चिएको हो ।
पाँच बुँदे सहमतिपत्रको ४ नम्बर बुँदामा समानता र समान अवधीका आधारमा आवश्यकता अनुरुप नै दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने सहमतिले ल्याएको कम्पनले कुन मोड लिन्छ ? भविष्यलाई छोड्नु बुद्धिमानी हुनेछ । तथापी सो बुँदामा टेकेर अध्यक्ष प्रचण्डले ओलीलाई कुनै अफ्ठयारोमा नपार्ने धारणा भित्रको रहस्य केहि समय पछि सतहमा आउने राजनीतिक विश्लेषकको धारणा रहेको छ ।

सहमतिपत्रमा साक्षी बसेका जर्नादन शर्मा र विष्णु पौडेलको कुरालाई अबको १५ महिनापछि प्रधानमन्त्री ओलीले कसरी लिन्छन ? भन्ने विषय चासो पूर्वक हेरिदैछ ।
हेर्नुहोस सहमतिपत्र

Capture

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank