मस्जिदमा हमला, ६२ जनाको मृत्यु

शनिबार, कार्तिक २, २०७६



एजेन्सी  । अफगानिस्तानको नन्गाहर शहरमा एक मस्जिदमा भएको शक्तिशाली विस्फोटनमा ६२ जनाको मृत्यु भएको छ ।मस्जिदको छत नै खस्नेगरी हिजो(शुक्रबार) भएको उक्त विस्फोटमा ठूलो संख्यामा घाइते भएको अधिकारीले जनाएका छन्।

हमलाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।

राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो।

जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata