अफगानिस्तानको एक बैंक बाहिर कार बम विस्फोट, २० को मृत्यु

बिहिबार, असार ८, २०७४



काठमाडौं । अफगानिस्तानको लश्करगाहस्थित एक बैंकमा बिहीवार एक कार बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

हेल्मान्ड प्रान्तको राजधानीमा रहेको न्यु काबुल बैंकको प्रवेशद्वारमा उक्त बम मध्याह्नको १२ बजे विस्फोटन भएको थियो । तलब झिक्नका लागि बैंक पुगेका कर्मचारीहरूको भीडभाड भएकाले हताहतीको संख्या बढेको बताइएको छ ।

हेल्मान्ड प्रान्तमा आतंकवादी घटनाहरू भइरहन्छन् किनकि यहाँको धेरै भाग लडाकुहरूको कब्जामा छ । लश्करगाह काबुलभन्दा ५५० किलोमिटर टाढा छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments