अफगानिस्तानमा आतंकवादी आक्रमण, २९ जनाको मृत्यु

शनिबार, फाल्गुन २४, २०७६



अफगानिस्ताको राजधानी काबुलमा भएकाे आतंकवादी आक्रमणमा २९ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।

आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आक्रमणको जिम्मा लिएको छ ।

एक वर्षअघि निधन भएका हिज्ब–ए–वहदतका नेता अब्दुल अली मजारीको स्मृतिमा श्रद्धाञ्जलीसभामाको आयोजना गरिएको थियो । त्यही बेला आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बन्धुक बाेकेका दुई व्यक्तिले मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । यद्यपि, केही बेरलगत्तै सुरक्षाकर्मीले ती दुई आक्रमणकारीलाई मारिदिए ।

हालै मात्र अमेरिका र तालिबादबीच भएको शान्ति सम्झौतापछि यसलाई सबैभन्दा ठूलो आतंकवादी आक्रमण मानिएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यो आक्रमण अफगानिस्तानको राष्ट्रिय एकता र मानवतामाथिको प्रहार हो ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments