अफगानिस्तानमा शान्ति समूहका २७ सदस्यको अपहरण

बिहिबार, पुस १०, २०७६



काबुल । अफगानिस्तानमा शान्ति समूहका २७ जना सदस्य अपहरणमा परेका छन् । शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको हो ।

स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी भूभागतर्फ अघि बढिरहेको बेलामा भएको हो ।  पिपुल्स पिस मुभमेन्टको नाममा शान्ति स्थापना र युद्धविरामको माग गर्दै सो टोलीले करिब दुई साता पहिला हेरात प्रान्तबाट आफ्नो यात्रा शुरु गरेको थियो ।

छ वटा कारमा यात्रा गरिरहेका अभियन्तालाई मुख्य सडकमा तालिवानले रोकेर अज्ञात स्थानतर्फ लिएर गएको बताइएको छ । अपहरणमा पर्नेम स्थानीय अधिकारी र अधिकारकर्मीहरूको समूह रहेको छ । उनीलाई तालिवान विद्रोहीहरुले अपहरण गरेको आशंका गरिएको छ । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

तालिवानले यसअघि उक्त समूहमाथि अफगान सरकारको लगानी रहेको आरोप लगाउदै आएको छ । तर पीपीएमले सो कुुरा अस्वीकार गरेको छ । पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट र्‍याली सुरु गरेको थियो ।

तालिबान अमेरिकासँग शान्तिवार्ताको प्रयास गरिरहेका बेलामा उसले अर्कोतर्फ अफगान तथा अन्तर्राष्ट्रिय सेनामाथि पनि आक्रमणको घटना गराएको जानकारी सार्वजनिक भइरहेका छन् ।

फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरका अनुसार ६ वटा कारमा रहेका ती शान्ति अभियन्तालाई तालिवानले मुख्य सडकमा रोकेका थिए । त्यसपछि उनीहरुलाई एक अज्ञात स्थानमा लगिएको थियो । यी अभियन्ताले सन् २०१८मा पनि हेल्मण्ड प्रान्तबाट आफ्नो अभियान शुरु गरेका थिए ।

त्यतिबेलाको  यात्रा दक्षिण प्रान्तको एक स्टेडियममा कार बम धमाकामा १७ मानिसको मृत्यु भएपछि शुरु भएको थियो ।घटनामा ५० भन्दा बढी घाइते भएका थिए । सो समूहले यस अघि तालिबानको नियन्त्रण भएको क्षेत्रमा पनि यात्रा गरेको थियो ।

तर, यसपालि तालिबानले  यो शान्ति अभियन्ताको टोलीलाई सरकारले आर्थिक सहयोग दिएको आरोप लगाएको थियो । सन् २००१देखि जारी अफगान हिंसाका क्रममा अहिलेसम्म ३ हजार भन्दा बढी अन्तर्राष्ट्रिय सुरक्षाकर्मी तथा  दशौं हजार अफगान नागरिक र सुरक्षाकर्मीको समेत मृत्यु भइसकेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments