सन २०१६ पछि अफगानिस्तानमा १८० आत्मघाती हमला, प्रदर्शनकारीले मागे सुरक्षा

मङ्लबार, कार्तिक २७, २०७५



अफगानिस्तान । काबुलमा गत सोमबार भएको एक प्रदर्शनमा आत्मघाती बम हमलामा कम्तीमा ६ मानिसको मृत्यु भएको छ भने, २० मानिस घाइते भएका छन् ।

देशमा बढ्दै गएको असुरक्षाको विरुद्ध निकालिएको जुलुसमा पश्तुनिस्तानको नजिकै भएको आत्मघाती हमलापछि प्रदर्शनकारीले सरकारसँग सुरक्षा मागेका छन् ।

आन्तरिक मन्त्रालयको सहायक प्रवक्ता नसरत रहिमले भनिन्, आत्मघाती आक्रमणकारीलाई लक्षित गर्दै बम विस्फोट गराउन चाहान्थे तर सुरक्षकर्मीले आक्रमणकारीलाई २०० मिटर टाढै रोक्दा आत्मघाती विस्फोटहुँदा उक्त घटना घट्न गएको बताइएको छ ।

गत आईतबार तालिबान विद्रोहीले पश्चिमी प्रान्त फराहमा गरेको आक्रमणमा ३७ स्थानिय प्रहरी मारिएका थिए । त्यसै गरि जघुरी जिल्लामा अफगानिस्तान सुरक्षाबलका २० सदस्यी पनि मारिएका थिए । सन २०१६ पछि अफगानिस्तानमा बढ्दै गएको आत्मघाती हमला १८० नाघेकाे छ ।

जसमा परि २८३४ मानिसकोले जीवन गुमाएका छन् भने घायतेको संख्या झनै ठुलो मात्रामा रहेको जनाएको छ । स्रोत अलजजिरा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata