संसदीय निर्वाचन एक साताका लागि स्थगीत

शनिबार, कार्तिक ३, २०७५



अफगानिस्तान। अफगानिस्तान सरकारले दक्षिणी कन्दाहार प्रान्तमा भएको गोलावारीमा एक जना स्थानीय प्रमुखको मृत्यु भएपछि शनिबारको लागि तय गरिएको संसदीय चुनाव एक साताका लागि स्थगित गरेको छ ।

सो घटनामा जेनेरल अब्दुल राजिकसँगै कन्दाहर प्रान्तका गुप्तचर प्रमुखको पनि ज्यान गएको थियो । राष्ट्रपति असरफ घानीका प्रवक्ताले राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि शनिबार भनिएको संसदीय चुनाव एक साताका लागि स्थगित भएको घोषणा गरेका हुन् । गत बिहीबार तालिवान आवद्ध बन्दुकधारीले वरिष्ठ अफगान र अमेरिकी अधिकारीहरूको भेलामा गोली चलाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata