अविरल वर्षाका कारण हवाई उडान प्रभावित

मङ्लबार, भदौ ३१, २०७६



काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको छ ।
वर्षाका कारण आन्तरिक तथा वाह्य कुनै पनि उडान हुन सकिरहेका छैनन ।

प्रतिकुल मौसमका कारण भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

वर्षाका कारण ७० भन्दा बढि विदेशी र तीन सय जति आन्तरिक उडान ठप्प भएको विमानस्थल कार्यालयले जनाएको छ ।
हवाई उडान प्रभावित हुँदा विदेशी पर्यटक र यात्रुहरु मर्कामा परेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata