एएफसी यु–१६ मा नेपाल कठिन समूहमा

शुक्रबार, बैशाख ८, २०७४

loading...


काठमाडौँ । सोह्र वर्षमुनिको एएफसी च्याम्पियनसिपको छनोट खेलमा नेपाल र भारत एउटै समूहमा परेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरिएको ड्रमा नेपाल कठिन समूहमा परेको छ ।

४५ राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा सहभागी टोलीलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा डिफेन्डिङ च्याम्पियन इराक र प्यालेष्टाइन रहेका छन् ।

त्यस्तै समूह ‘ए’मा उज्वेकिस्तान, साउदी अरब, जोर्डन, बहराइन र श्रीलङ्का छन् भने समूह ‘बी’मा ओमन, ताजकिस्तान, सिरिया, तुर्कमिनिस्तान र माल्दिभ्स छन् । त्यसैगरी समूह ‘सि’मा इरान, अफगानिस्तान, लेबनान, किर्गिस्तान र भुटान रहेका छन् ।

यस्तै समूह ‘इ’मा संयुक्त अरब इमिरेट्स (युएई), यमन, कतार र बङ्गलादेश छन् भने समूह ‘एफ’मा उत्तर कोरिया, हङ्कङ, चाइनिज ताइपे, मकाउ र ब्रुनाई छन् । समूह ‘जि’ मा थाइल्यान्ड, लाओस, टिमोर लिस्टे, मारियाना आइल्यान्ड र इन्डोनेसिया छन् ।

यस्तै समूह ‘एच’मा दक्षिण कोरिया, चीन, म्यानमार र फिलिपिन्स छन् भने समूह ‘आई’मा भियतनाम, अष्ट्रेलिया, मङ्गोलिया र कम्बोडिया छन् । समूह ‘जे’ मा जापान, मलेसिया, गाम र सिङ्गापुर रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् । छनोट खेल आगामी सेप्टेम्बर १६ तारिखदेखि २४ तारिखसम्म हुनेछ ।

634 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv