किशोरावस्था

मङ्लबार, भदौ ३, २०७६



लघु कथा — किशोरावस्था :

सोनी र रूपाको घर नजिकै र विद्यालय सँगै थियो ।

रूपा पढाइमा निकै अब्बल थिई । सोनी गणित र नेपाली विषयमा विशेष दखल राख्ने कारण अरू विषयमा रूपाको सहयोग माग्ने गर्थी ।

रूपा र सोनीको कक्षा एउटै भएकोले खाजा खाने र खेल्ने समूह एउटै हुन्थ्यो ।

रूपा र सोनीको मित्रता देखेर राजेश र नरेशले पटक पटक अरू साथीहरूलाई चाहिने नचाहिँदो कुरा सुनाएर झगडा गराउन खोज्थे ।

रूपा र सोनी यस्ता कुराको वास्तै नगर्ने भएकोले मतलबै नगरी खेलिरहेका थिए ।

एक्कासी राजेशले , ” ए केटा हान यसलाई ! साले , अर्का बाटो छेक्दो रहेछ ।”  भनेर करायो ।
नवीन र बेलाले तिलक, रूपा र सोनीलाई घुच्चुकमा हानेर पुर्लुकै पारे र भागे ।

खेल्दै गरेका विद्यार्थीहरू चिच्याए ।

भित्र खाजा खादै गरेका शिक्षकहरू खाजै छोडेर हतारिँदै बाहिर आए ।
तिलक, रूपा र सोनी ढलेको देखे र हतारिँदै ,” के भो हँ यिनलाई ? ” भन्दै तिलक, रूपा र सोनीलाई उठाएर भित्र ल्याए ।

चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राखिदिए ।

अस्पताल लाने तयारी गर्दै घरमा पनि खबर गरिदिए । हतारिदैं (शिक्षक )रतनले तिलक, रूपा र सोनीलाई अस्पताल लगे ।

अहिल्यै ( शिक्षक ) ले सबै विद्यार्थीलाई कक्षामा बोलाउँदै सोधिन् ,” के कारण ? यो घटना घट्यो हँ ? विना कारण त यस्तो नहुनु पर्ने ! ”
” तिमीहरूलाई थाहा नहुने त कुरै भएन ! ”
” ल एक एक गर्दै भन । नत्र म प्रहरी बोलाउँछु र प्रहरीको जिम्मा लगाउँछु ।”

स्तब्ध भएको विद्यार्थीको समूहको बिचबाट नन्दुले भन्यो ,
” म्याम, यसमा हामी दोषी छैनौ, राजेशले सोनीलाई मन पराउँछ रे ! अनि नवीनले रूपालाई । “

” तिलकतिर लागेका छन् कि छैनन् भनेर टेस्ट गर्न रूपा र सोनीलाई राजेश र नवीनले आइ लभ यु भनेका रे ! ”
” उनीहरूले नसुने जस्तो गरेर तिलकलाई पछ्याए रे !”
” त्यही भएर तिलकलाई साइड लगाउन हानेका रे !”

” रूपा र सोनी के को आइ लभ यु नि ! अहिले पढ्ने बेला छ , पढ राम्रोसँग !”

” भनेर सनक्क सन्के रे ! त्यही भएर कुटेका रे ! “

नन्दुको कुरा सकिन नपाउँदै बबिताले भनी,

” त्यति मात्रै कहाँ हो र ! हिजो तिनीहरूले सोनी र रूपालाई डेट चाहियो भनेका रहेछन् , अनि बाटो मै किस गर्न खोजे छन् ।”
त्यो थाहा पाएर रूपाले राजेशलाई चड्काइ दिई छे ।”
” सायद , त्यही रिस फेरेको जस्तो लाग्यो मलाई त । ”
निराले हतारिँदै भनी , ” नवीनकी आमाले त रूपालाई अस्ति बोलाएर दुबैलाई सँगै राखेर टीका लगाइ दिएकी रे ! ”
” अनि मोबाइलले तस्बिर समेत खिचेको छ रे ! “

” त्यो कुरा थाहा पाएर यो श्रवणले चाहिँ रूपा र सोनीको साइड छोडी दे तिलक , नत्र भरे ग्याङ फाइटमा पर्लास् भनेर धम्की देको छ भ्याम । “

” नभन्नु भन्या छ म्याम, अब यिनीहरूले मलाई पनि पिट्छन् ।”

विद्यार्थीको बहकाव देखेर अहिल्यै छक्क परिन् ।
किशोरावस्थाको यिनीहरूको झड्का देखेर एक छिन त अहिल्यै अलमल्ल परिन ।

तुरुन्तै विद्यार्थीको गतिविधिमा देखिएको अराजकताको विश्लेषण गरिन।
सबै किशोरावस्थाका छन् । अहिले नै भनेको मान्ने छाँट देखिनन् र सबै विद्यार्थीलाई कक्षामा बस्न अनुरोध गर्दै अफिस छिरेकी अहिल्याले नवीन, राजेश, तिलक, श्रवण, रूपा र सोनीको अभिभावक र सामुदायिक प्रहरीलाई खबर गरिन ।

पन्ध्र मिनेटको स्टाफ बैठक राखिन् ।
बैठकमा विषयको संवेदनशीलता बताउँदै सबै शिक्षकलाई कक्षाकोठामा जान र विद्यार्थी नछाड सल्लाह दिइन । सबै शिक्षकहरू कक्षाकोठातिर लाग्दै थिए । अभिभावक र सामुदायिक प्रहरीको प्रतिनिधि आइपुगी हाले ।

थोरै विषयको जानकारी दिएपछि सम्बन्धित विद्यार्थीलाई कक्षाबाट बोलाइन र छलफल गर्न भन्दै थिइन् ।
राजेश र नवीन दुवैले हतार हतार उठे र , ” गल्ती भो म्याम ! अब आइन्दा यस्तो गल्ती गर्दैनौ, जे कागज गर्न परेपनि गर्छौ, प्रहरीकोमा नपठाई दिनु भन्दै रोए ।”
अहिल्याले उनीहरूको कुराप्रति केन्द्रीकृत हुन सबैलाई अनुरोध गरिन ।

एकछिनको मौनता पछि सामुदायिक प्रहरीका प्रतिनिधिले , ” आइन्दा गल्ती नगर्ने गरी कागज गराउने कि म्याम ” भन्दै थिए सबैले त्यसैमा सही थपे ।
यी नानीहरूलाई अस्पतालमा उपचार गर्दा लाग्ने खर्च व्यहोर्ने र अस्पतालमै पुगेर नवीन र राजेशले उनीहरूसँग माफी माग्ने कुरा राजेर र नवीनको परिवारले स्विकारे ।
घटेका सकै घटनाहरू र निकालेको निष्कर्ष प्रति अभिभावक र विद्यार्थी दुवैले मन्जुरी देखाएकोले कागजको ड्राफ्ट बनाइयो । दुवै पक्षलाई प्रहरीको रोहवरमा सहिछाप गराइयो ।

सबैलाई हार्दिकता पूर्ण व्यवहार देखाउने सहमतिमा तिलक, सोनी र रूपालाई हेर्ने जाने र सरसल्लाह र निष्कर्षका सबै कुरा सुनाउने सहमति भयो र सबै अस्पतालतिर लागे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata