अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको भेट

मङ्लबार, बैशाख १८, २०७५



 

काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँग इजरायलका राजदूत बेन्नी ओमरले शिष्टाचार भेटवार्ता गरेका छन।

अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताए ।

उनले भने “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।” उनले कृषिमा आधारित उधोगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।

“इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत रहेको भन्दै । इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए।

उनले फलफूल र तरकारी उत्पादन हाम्रा मुख्य प्राथमिकताका विषय भएकाले यो क्षेत्रमा नेपाली किसानसँग सहकार्य गर्न इच्छुक रहेको पनि बताए ‘सिकौँ र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank