भारतमै भारतीयहरु नागरिकता विहिन बन्दै

बुधबार, असार ११, २०७६



एजेन्सी । भारतको आसाम राज्यमा एक लाख भन्दा बढी व्यक्ति नेशनल रजिस्टर अफ सिटिजन्स(एन आर सी)बाट हटाइएका छन् । हटाइएको व्यक्तिहरुको नामको सूची आज(बुधबार) जारि गरिएको हो । उक्त सूचीमा १.०२ लाख नाम रहेको भारतीय सञ्चार  माध्यमहरुले जनाएका छन्  ।

यस सूचीमा सुचिकृत नाम गत वर्षको जुलाईमा प्रकाशित ड्राफ्ट(नागरिकको सूची)मा समेत सामेल थियो । तर हाल ती व्यक्तिहरुलाई अयोग्य ठहर गर्दै एनआरसीबाट हटाइएको हो ।

ज-जसको नाम हटाइएको छ, उनीहरुलाई उनीहरुको व्यक्तिगत आवासमा चिठीमार्फत खबर पुर्याइएको थियो । यी व्यक्तिहरुले निर्धारित एनआरसी सहायता केन्द्रमा  गई ११ जुलाईसम्म आफ्नो बयान दाखिला गराउन सक्नेछन्  ।

एनआरसीको उद्देश्य बंगलादेशको छिमेकी राज्य आसाममा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका व्यक्तिहरुको पहिचान गर्नु रहेको छ । जब ३० जुलाई, २०१८ को ड्राफ्ट एनआरसी प्रकाशित गरिएको थियो – त्यतिबेला ४०.७ लाख व्यक्तिहरुको नाम हटाउने कुरालाई लिएर विवाद छेडिएको थियो । कुल ३.२९ करोड व्यक्तिमध्ये उक्त ड्राफ्टमा २.९ करोड व्यक्ति छनोट गरिएको थियो  ।

आसाम राज्यमा एनआरसी सुप्रिम कोर्टको निगरानीमा अपडेट गर्ने गरिन्छ । बताइएको छ, एनआरसी अन्तर्गत आसामेली नागरिकको अन्तिम  सूची ३१ जुलाईमा प्रकाशित गरिनेछ ।

ती मानिसहरु जसको नाम एनआरसीमा  रहेका छैनन्, उनीहरु भारतीय नागरिकको  हिस्सा बन्न सक्दैनन् । एनआरसीमा समावेश हुन उनीहरुको साथमा कुनै न कुनै सबुत प्रमाण हुनुपर्नेमा प्रशासनले जोड दिएको छ ।

एनआरसीसँग जोडिएका अपत्यारिला घटनाहरुले भारतीय राज्य आसाममा अपनाइएको नागरिकता नीति कति कठोर रहेछ एक पटक पुन: खुलासा भएको छ । आसाममा यस महिनाको शुरुवातमा ट्रिब्यूनलद्वारा  एक ४० वर्षिया महिलालाई विदेशी घोषित गर्दै प्रहरीको जिम्मा लगाइएको थियो । उक्त घटनापश्चात महिलाको परिवारले दावा गरेको छ कि उनको जन्म बिहारमा भएको थियो । साथै उनीहरुको परिवार बेलायतकालीन आसाममा बसोबास गर्दै आइरहेको थियो ।

अमिला शाहलाई गत जुन १५ अगते सोनितापुर जिल्लाको ढोलइबील क्षेत्रमा गिरफ्तार गरियो । फरेनर्स  ट्रिब्यूनलले गत ३० अप्रिलमा घोषित गर्दै अमिला शाहलाई अनागरिक बतायो । केशव प्रसाद गुप्ताको जन्म बिहारको नालन्दा जिल्लामा सन् १९४८ मा भएको थियो । उनको परिवार  सन् १९४८ मा आसमको प्रताप गढ टि स्टेट गएका थिए ।  अमिला शाहले आफू केशवप्रसाद गुप्ताको छोरी भएको बताउँदै आए पनि ट्रिब्यूनलसामू कुनै कागजात पेश गर्न नसक्दा उनी भारतीय नागरिक हुनबाट बन्चित गरिएकी हुन् ।

पछिल्लो समय अत्यन्त सक्रिय रहेको एनआरसी ट्रिब्यूनलले गत १५ जुनमा सिटिजनको माग गर्ने रमेश गुप्तालाई अनागरिक भन्दै प्रहरीलाई बुझायो । रमेश गुप्ताले प्रहरीलाई बताएअनुसार उनको परिवार भारतीय राज्य बिहारबाट आसाममा बसाइ सरेको हो । ” हामीहरु हिन्दी भाषी हौँ । हामीहरु गरिब र अशिक्षित छौं । हामीलाई कुनै पनि दस्तावेज र कागजपत्रको बारेमा कुनै ज्ञान छैन । हामीलाई भारतीय हुनबाट बन्चित गरिएको छ । हामी आफ्नो अधिकारको लागि गुहाटीको हाइकोर्ट जाने योजना बनाउन बाध्य भएका छौं ।

यसैगरी  अमिलाको छोरा भोला शाहले भने, ” हामी भारतीय राज्य बिहारका प्रवासी हौँ । मेरो आमा कसरी विदेशी भईन् ?”

स्मरण रहोस्, नेपालको संसदमा नागरिकता सम्बन्धी विवादास्पद विधेयक विचाराधीन अवस्थामा रहेको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank