सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम ६० प्रतिशत सम्पन्न

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन प्रक्रिया अन्तरगत ६० प्रतिशत काम सकिएको नापी विभागले जनाएको छ ।

सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भइसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताए ।

बुधबार सगरमाथाको उचाइ नाप्न एक सरकारी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।उक्त टोलीको अनुसन्धान सकिएलगत्तै सगरमाथाको वास्तविक उचाई थाहा हुनेछ । उक्त टोलीलाई बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिदाई गरिएको थियो  ।

यो पनि पढ्नुहोस्

‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला ।’- प्रधानमन्त्री ओली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank