छात्रामाथि एसिड प्रहार, एक जना पक्राउ

शुक्रबार, भदौ २०, २०७६



वीरगञ्ज । शुक्रबार विहान वीरगञ्जमा एक छात्रा माथि एसिड प्रहार भएको छ । शमकोठी स्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी १५ वर्षीया साेनिया खातुन (नाम परिवर्तन) माथि एसिड प्रहार भएको हो ।

विद्यालयको पोसाकमै रहेको बेला उनी माथि एसिड प्रहार भएको हो । दुई जनाको समुहमा आएका व्यक्तिले खातुनलाई गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरि भागेका थिए । एसिड प्रहारबाट छात्राको अनुहार , हात र शरिरको केहि भाग जलेको छ ।

एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । एसिड छ्यापेर भागेको सुचना पाउना साथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

arrest

मियाँले एसिड प्रहार गरेको स्वीकारेको र अर्का १६ वर्षीय माजिद आलम फरार रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट घाइते भएकी खातुनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata