जिप दुर्घटना : तीन जनाको मृत्यु, तीन घाइते

बिहिबार, भदौ ५, २०७६



अछाम । अछामको वान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालिकामा बुधवार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् ।

रामारोशन गाउँपालिकावाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्वरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा वान्नीगढी जयगढ गाउँपालिका ४ का अशोक परियार, सोहि ठाउँकै कालु सिंह आउजी, र बैतडीका लालबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका ४ तिमिसेनका तर्कराज तिमिसेना, कैलालीका जन्जीर चौधरी र घनश्याम चौधरी रहेका टाफिक प्रहरी कार्यालय अछामका नारायण बडुले जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata